नियम ३३
जेष्ठताको मूल्याङ्कन
: प्रहरी कर्मचारीलाई जेष्ठता वापतको अङ्क दिँदा हाल बहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षका लागि दुई अङ्कका दरले बढीमा बाइस अङ्क दिइनेछ ।
तर,
(क) एक वर्षभन्दा बढी चानचुन महिना वा दिनका लागि दामासाहीको हिसाबले अङ्क दिइनेछ ।
(ख) गयलकट्टी भएको अवधिको जेष्ठता वापतको अङ्क दिइने छैन ।
(ग) देहायका प्रहरी कर्मचारीको हकमा बढुवाको लागि अङ्क गणना गर्दा देहायको पदको सेवा अवधि गणना गरी अङ्क दिइनेछ:-
(१) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही यो उपनियम प्रारम्भ भएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीलाई प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदको सेवा अवधि,
(२) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी हवल्दार पदमा बहाल रही यो उपनियम प्रारम्भ भएपछि प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा_ भएका प्रहरी कर्मचारीलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा गर्दा प्रहरी वरिष्ठ: हवल्दार र प्रहरी हवल्दार पदको सेवा अवधि,
(३) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी जवान पदमा बहाल रही यो उपनियम प्रारम्भ भएपछि प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीलाई प्रहरी हवल्दार पदमा बढुवा गर्दा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदको सेवा अवधि ।